लम्जुङ। लम्जुङका दुई विद्यालयले घर घरमै गएर विद्यार्थी पढाउन थालेका छन्। लामो समयदेखिको लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा बेसिशहर नगरपालिका–३ गाउँशहरमा रहेको हेभेनहिल एकेडेमी र बेसिशहर–६ चण्डिस्थानमा रहेको न्यू भिजन एकेडेमीले घर घरमै गएर विद्यार्थी पढाउन थालेका हुन्।
अंग्रेजी माध्यमबाट पढाई हुने दुवै विद्यालयले विद्यार्थीको घर घरमा गएर गृहकार्य दिने, नबुझेको वा नजानेको कुरा सिकाउने, अभिभावकसँग बालबालिकाबारे बुझ्ने लगायतका कार्य गरिरहेको प्रिन्सिपल समशेर थापाले बताए।
सरकारले पनि १ असारबाट वैकल्पिक शिक्षण विधिबाट अध्ययन गर्न गराउन भनेको छ। त्यहीअनुसार इन्टरनेट, रेडियो, टेलिभिजनलगायतका सामग्री नभएकाले घर घरमै गएर पढाउन थालिएको उनको भनाइ छ। “कसैको घरमा रेडियो छैन भने कोहीको घरमा टेलिभिजन। इन्टरनेट हुने त कुरै भएन। त्यसमा पनि घरमै गएर पढाउँदा निकै प्रभावकारी हुँदोरहेछ”, प्रिन्सिपल थापाले भने।
धेरै विद्यार्थी भएकाले प्रत्येकको घरमा दिनदिनै जान नसकिएको भन्दै उनले भने, “एउटा विद्यार्थीको घरमा कम्तिमा तीन÷चार दिन बिराएर जान्छौं। त्यो अवधिसम्म पुग्नेगरी गृहकार्य दिन्छौं। अहिले अभिभावक पनि एकदम खुशी देखिएका छन्।”
गरीब, असहाय, जेहनदार विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका दुवै विद्यालयले विद्यार्थीलाई आवश्यक किताब, कापी, कलममात्र नभई पोशाक समेत विद्यालयले नै उपलब्ध गराउँदैं आएको छ।
" /> लम्जुङ। लम्जुङका दुई विद्यालयले घर घरमै गएर विद्यार्थी पढाउन थालेका छन्। लामो समयदेखिको लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा बेसिशहर नगरपालिका–३ गाउँशहरमा रहेको हेभेनहिल एकेडेमी र बेसिशहर–६ चण्डिस्थानमा रहेको न्यू भिजन एकेडेमीले घर घरमै गएर विद्यार्थी पढाउन थालेका हुन्।अंग्रेजी माध्यमबाट पढाई हुने दुवै विद्यालयले विद्यार्थीको घर घरमा गएर गृहकार्य दिने, नबुझेको वा नजानेको कुरा सिकाउने, अभिभावकसँग बालबालिकाबारे बुझ्ने लगायतका कार्य गरिरहेको प्रिन्सिपल समशेर थापाले बताए।

">