जंगली जनावरको छाला-हड्डीसहित तीन जना पक्राउ
<p>काठमाडौं। बाजुराको त्रिवेणी नगरपालिका-६ पन्धाराबाट लुकाइछिपाइ राखेको जंगली जनावरको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका-६ पन्धारा बस्ने २३ वर्षीय खगेन्द्र खड्का, ३९ वर्षीय रामबहादुर अयडी र बडिमालिका नगरपालिका-५ मना बस्ने २४ वर्षीय बिर्क साउद रहेका छन्। उनीहरूको साथबाट चितुवा, रतुवा र घोरलका छाला दुई-दुई थान, चितुवाको हड्डी पाँच थान, भालुको पित्त एक थान, रतुवा र घोरलका खुट्टा, सिङ ७ थान र बँदेलको थुतुनो एक थान बरामद गरेको प्रहरीले जनाएकाे छ।</p>
<p>त्रिवेणी नगरपालिका-६ पन्धारा बस्ने लालबहादुर बुढाको घरमा जंगली जनावरको छाला तथा हड्डी लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको छाला तथा हड्डीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। फरार रहेका लालबहादुरको खोजी तथा पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
