लकडाउनमा चोरी भएका ३० वटा मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाइयो
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ।

महाशाखाबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारीसाधन लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो। उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित सवारीधनीको जिम्मा लगाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

“पार्किङस्थल, समारोह, अस्पताललगायत एकान्त ठाउँको पार्किङस्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समयसम्म पार्किङ गरिने स्थानहरूमा असुरक्षित पार्किङ गरेका, अतिरिक्त लक प्रयोग नगरेका, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेका, घरमा पार्किङ गरेको भनि लापरवाही गरेका मोटरसाइकल बढी चोरी हुन्छन्,’’ उनले भने, “सवारी पार्किङ गर्दा सबैले ध्यान दिनु आवश्यक हुन्छ।”

चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए।

चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए।

महाशाखाले चालु आर्थिक वर्षमा मात्रै चोरी भएका ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको जनाएकाे छ। महाशाखाले ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारबाही गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्