काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्रसहित बैंककबाट आज स्वदेश फर्केकी छन्। कोरोना भाइरसको महामारी शुरू भएपछि लगाइएको लकडाउनका कारण उनी तीन महीनादेखि बैंककबाट नेपाल आउन सकेकी थिइनन्।
“छोरा हृदयन्द्रसहित पूर्वयुवराज्ञी हिमानी शाह आज थाइल्याण्डबाट नेपाल आउनु भएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित् अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले भने, “उहाँहरू नेपाल एअरलाइन्समा दिउँसो ३ः२५ बजे बैंककबाट काठमाडौं आइपुग्नु भएको हो।”
लकडाउनका कारण विदेशमा अलपत्र तथा अफ्ठेरोमा परेका नेपालीलाई उद्धार गरी स्वदेश पर्काउने क्रममा हिमानी पनि आज काठमाडौं आएकी हुन्। उनी लकडाउन शुरू हुनुअघि बैंकक गएकी थिइन्। बैंककस्थित नेपाली दूतावासले आज हिमानीसहित ७८ जना नेपालीलाई नेपाल एअरलान्सको जहाजमा स्वदेश फर्काएको हो।
" /> काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्रसहित बैंककबाट आज स्वदेश फर्केकी छन्। कोरोना भाइरसको महामारी शुरू भएपछि लगाइएको लकडाउनका कारण उनी तीन महीनादेखि बैंककबाट नेपाल आउन सकेकी थिइनन्।“छोरा हृदयन्द्रसहित पूर्वयुवराज्ञी हिमानी शाह आज थाइल्याण्डबाट नेपाल आउनु भएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित् अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले भने, “उहाँहरू नेपाल एअरलाइन्समा दिउँसो ३ः२५ बजे बैंककबाट काठमाडौं आइपुग्नु भएको हो।”

">