काठमाडौं। थाइल्याण्डस्थित् नेपाली दूतावासले कोरोना महामारीपछि शुरू गरिएको लकडाउनका कारण बैंकक, सिंगापुर र कम्बोडियामा अफ्ठेरोमा परेका ३२५ जना नेपालीलाई स्वदेश फर्काएको जनाएको छ। स्वदेश फर्किनेमध्ये २२ जना सजाय पूरा गरी जेलमुक्त भएकाहरू छन्। उनीहरूलाई १७ र २३ जुनमा नेपाल पठाइएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैंककको अलवा दूतावासले सिंगापुरमा रहेका ११३ र कम्बोडियामा रहेका ३३ जनालाई समेत समन्वय गरी नेपाल फर्काइसकिएको जनाएको छ। ‘थाइल्याण्डबाट नेपाल फर्किएकाहरूमध्ये छोटो अवधिको इन्टर्नशिपमा आएका, विभिन्न विश्विवद्यालयहरूमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरू २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका दुई जना, जेलमुक्त भएका एक जना र नाबालक बच्चा ६ जना रहेका छन्,’ दूतावासले भनेको छ।
यसैगरी, सिंङ्गापुरबाट नेपाल फर्किएकाहरूमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका सात जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरू ९ जना छन्।
कम्बोडियाबाट फर्किएकाहरूमध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरू दुईजना छन्।
" /> काठमाडौं। थाइल्याण्डस्थित् नेपाली दूतावासले कोरोना महामारीपछि शुरू गरिएको लकडाउनका कारण बैंकक, सिंगापुर र कम्बोडियामा अफ्ठेरोमा परेका ३२५ जना नेपालीलाई स्वदेश फर्काएको जनाएको छ। स्वदेश फर्किनेमध्ये २२ जना सजाय पूरा गरी जेलमुक्त भएकाहरू छन्। उनीहरूलाई १७ र २३ जुनमा नेपाल पठाइएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।बैंककको अलवा दूतावासले सिंगापुरमा रहेका ११३ र कम्बोडियामा रहेका ३३ जनालाई समेत समन्वय गरी नेपाल फर्काइसकिएको जनाएको छ। ‘थाइल्याण्डबाट नेपाल फर्किएकाहरूमध्ये छोटो अवधिको इन्टर्नशिपमा आएका, विभिन्न विश्विवद्यालयहरूमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरू २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका दुई जना, जेलमुक्त भएका एक जना र नाबालक बच्चा ६ जना रहेका छन्,’ दूतावासले भनेको छ।

">