कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी
काठमाडाैं। योग गुरुबाबा रामदेवले उनको कम्पनी पतञ्जलीले कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाउन सफल भएको दाबी गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका हुन्।

“आज हामी यो भन पाउँदा गौरव अनुभव भएको छ। कोरोनाको पहिलो आयुर्वेदिक पतञ्जली रिसर्च सेन्टर र नेम्सको संयुक्त प्रयासमा तयार भएको छ,” बाबा रामदेवले भने, “यो इतिहासको ठूलो घटना हो।”

पतञ्जलीले कोरोना भाइरस औषधिको नाम ‘कोरोनिल’ राखेको छ। कोरोनिल अनुसन्धानमा आधारित चिकित्सकीय परीक्षणबाट प्रमाणित औषधि भएको बाबा रामदेवले दाबी गरे।

कोरोनिलको प्रयोगले तीन दिनमा ६९ प्रतिशत रोगी निको भएको उनले बताए।

कोरोनिलले स्वासप्रश्वास प्रणाली मजबुत बनाउनुको साथै रुघा र ज्वरो पनि ठिक पार्ने उनले जनाए।

प्रतिक्रिया दिनुहोस्