दमका रोगी काेराेना संक्रमणमुक्त भएर घर फिरे
काठमाडाैं। कोरोना भाइरस संक्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन्।

लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका-१ का वृद्ध कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

२० जेठमा भारतबाट आई बंगलाचुली-१, स्यूजाको क्वारेन्टाइनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुईजनामा कोरोना पोजिटिभ देखिएको थियो।

नतिजा पोजिटिभ आएपछि उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका थिए।

“कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उनले भने। रासस

प्रतिक्रिया दिनुहोस्