प्युठान। प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन्।
मल्लरानी गाउँपालिका-४ स्थित जनजागृति माध्यमिक विद्यालय कसेरी क्वारेन्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्।
क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगा लगिएकाे थियाे।
स्वास्थ्य केन्द्रमै आज बिहान करिब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए।
आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ।
खड्काको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ।
पीसीआर लिने/नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए।
खड्का आफ्ना श्रीमानसँग १ असारमा भारतबाट आई क्वारेन्टाइनमा बसेकी थिइन्। रासस
" /> प्युठान। प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन्।मल्लरानी गाउँपालिका-४ स्थित जनजागृति माध्यमिक विद्यालय कसेरी क्वारेन्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्।

">