काठमाडौं। कर्णाली प्रदेशमा कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको मृत्यु कोभिड–१९ संक्रमणबाट भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनाराण तिवारीले बताएका छन्। उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो।
डा. तिवारीले योसँगै कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमणबाट पाँच जनाको मृत्यु भएको जनाएका छन्। एक हजार ३०७ संक्रमित भेटिएका कर्णाली प्रदेशमा ५६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। कर्णाली प्रदेशमा कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।उनको मृत्यु कोभिड–१९ संक्रमणबाट भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनाराण तिवारीले बताएका छन्। उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो।
डा. तिवारीले योसँगै कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमणबाट पाँच जनाको मृत्यु भएको जनाएका छन्। एक हजार ३०७ संक्रमित भेटिएका कर्णाली प्रदेशमा ५६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
">