काठमाडौं। नेपाली खेलकुदको सबभन्दा ठूलो र सम्भवत चलायमान संस्था अखिल नेपाल फुटबल संघ विवादको उत्कर्षमा छ।
आन्तरिक कलह, अपारदर्शिता, गुटबन्दी, बेथिति र दूरदर्शिताको अभाव नेपाली फुटबलको दीर्घ रोग हो। यसबाट फुटबल गाँजिएको धेरै भइसक्यो। तर, क्रोनिक भइसकेको त्यो रोगले अहिले बेमौसममा नेपाली खेलकुद राजनीतिलाई मज्जासँग तताएको छ।
कोरोना भाइरसको महामारीका कारण मैदानमा फुटबल छैन। तर, मैदानको फुटबललाई व्यवस्थित गर्नुपर्ने एन्फा प्रशासन अहिले सायद अन्य समयभन्दा बढी व्यस्त छ।
आन्तरिक राजनीतिको लेखाजोखा र आफ्नो पल्ला भारी बनाउने अभियानमा नेतृत्व लाग्दा पूरा एन्फा फरक खेमामा विभक्त भएको छ। अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नाममा दुई गुट एक-अर्काको अस्तित्वलाई नै अस्वीकार गर्ने गरी ध्रुवीकरणमा सक्रिय छन्।
शुरूदेखि नै शेर्पा पक्षसँग असन्तुष्ट रहे पनि छरिएर रहेका अन्य फुटबल पदाधिकारी पनि नेम्वाङसँग जोडिए। शेर्पाले पनि नेम्वाङ खुलेर प्रतिपक्षमा उभिएपछि गुट बलियो पार्न छुट्टिएका पदाधिकारी तथा सहयोगीलाई जुटाउने अभियानमा सक्रिय भए। जसले नेपाली फुटबलमा सम्बन्ध राख्ने जोकोहीलाई कुनै न कुनै रूपमा एउटा कित्तामा पुर्याउने काम गर्यो।
कसरी भयो त एन्फामा यति डरलाग्दो ध्रुवीकरण?
सतहीरूपमा हेर्दा पुरुषोत्तम थापा नामका पात्र त्यसमा उत्प्रेरकजस्तो देखिन्छन्। भुसको आगोझैं भित्रभित्रै पुत्पुताइरहेको आगोले एन्फालाई नै सल्काउला जसरी राँकोको रूप लिँदा सतहमा प्रस्तुत भएका पात्र थिए, थापा।
थापाको यसमा भूमिका धेरै ठूलो नभए पनि लामो समयदेखिको शक्ति संघर्ष सार्वजनिक हुँदा उनी पात्रका रूपमा प्रयोग भए।
ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापा वर्तमान एन्फा नेतृत्वको पहिल्यैदेखिका आलोचक हुन्। निरन्तररूपमा नेतृत्वविरुद्ध बोल्दै आएका थापाले केही समयअघि एन्फाको भाइबर ग्रुप च्याटमा नेतृत्वको कडा आलोचना गरे।
नेतृत्वले त्यसैलाई कारण देखाउँदै अनुसासन कारबाहीकाे बहानामा थापालाई जिल्ला अध्यक्षबाट निल्लम्बन गर्यो। जसले एन्फा कार्यसमितिमा त्यसअघि नै गुटगत राजनीति गर्दै आएकालाई खुलेर प्रस्तुत हुने मौका दियो।
थापामाथिको कारबाही अवैधानिक भन्दै नेम्वाङले सार्वजनिकरूपमै फरक मत राखे। लामो समयदेखि खुला भिडन्तको मौका कुरिरहेका शेर्पा र नेम्वाङ दुवै पक्षले एक-अर्काविरुद्ध प्रहार गर्न यसैलाई हतियार बनाए। शेर्पा पक्ष थापालाई कारबाही गर्नैपर्ने अडानमा रहे भने नेम्वाङले यसैलाई सही मौका देखेर थापाको पक्षमा आफूलाई उभ्याए।

किन गरियो थापामाथि कारबाही ?
थापालगायत काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुखजु र धादिङका अध्यक्ष दीपक खतिवडा वर्तमान नेतृत्वप्रति शुरूदेखि नै अनुदार थिए। नेतृत्वका प्रत्येक कदममाथि निकट चासो राख्दै चार जिल्लाका अध्यक्षले आलोचना गर्दै आएका थिए।
शेर्पाको नेतृत्वमा एकजुट भएर दुई वर्षअघि चुनावमा क्लिन स्विप गरेको कार्यसमितिविरुद्ध चार जिल्ला संघका अध्यक्षले पटक-पटक पत्रकार सम्मेलन गरेरै आर्थिक अनियमितता गरेको, प्रशासनिक बेथिति मौलाएको, नेतृत्व फुटबल विकासभन्दा व्यक्तिगत स्वार्थप्रेरित भएकोलगायतका आरोप लगाउँदै आएका थिए।
उनीहरूले एन्फा नेतृत्वविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय संसदको सार्वजनिक लेखा समिति, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसीलगायतका निकायमा उजुरी गरेका थिए।
निरन्तररूपमा सार्वजनिक आलोचना तथा उजुरी गर्दै आएका चार अध्यक्ष शुरूदेखि नै एन्फा नेतृत्वको आँखी बनेका थिए। त्यसैले २६ माघमै चार जिल्ला फुटबल संघलाई कारबाही गर्ने भनेर प्रक्रियामा राखेको थियो।
त्यसैबीच २२ वैशाखमा एन्फा दिवसको अवसरमा शुभकामना आदानप्रदान भएका थिए। ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूको भाइबर ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फा दिवसको शुभकामना दिएका थिए। त्यही सन्देशको मुनी थापाले ‘आज एन्फा डे होइन, चोरहरूको श्री गणेश डे हो’ भनेर प्रतिक्रिया दिएका थिए।
९ जेठमा बसेको एन्फा कार्यसमिति बैठकले सचिवालयको निर्णयलाई अनुमोदन गर्दै आवश्यक थप कार्यका लागि अनुशासन समितिमा पठाएको थियो। त्यसयता एन्फामा दुई धार स्पष्ट छुट्टिएको छ।
त्यही प्रतिक्रियालाई लिएर एन्फाले २४ वैशाखमा थापालाई ४८ घण्टाको समयसीमा तोकेर स्पष्टीकरणका लागि पत्र काटेको थियो। २६ वैशाखमा थापाले प्रश्न एन्फातिरै फर्काउँदै घुमाउरो भाषामा माफी मागेका थिए।
जवाफ चित्तबुझ्दो नभएको भन्दै एन्फा सचिवालयले ५ जेठमा सोही दिनबाट लागू हुने गरी आगामी साधारण सभासम्मका लागि फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी थापालाई अस्थायी निलम्बन गरेको थियो।
सचिवालयसँग एन्फा सदस्यलाई कारबाही गर्न पाउने अधिकार नभएको भन्दै थापाले विरोध जनाउँदै आएका छन्। थापाले विधानविपरीत पूर्वाग्रही भएर आफूमाथि कारबाही भएको भन्दै राखेप, अनुशासन समिति, एएफसी, फिफामा अपिल गरिसकेका छन्।

को हुन थापा?
ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाको फुटबल परिचय यत्तिमै सीमित हुँदैन। फुटबल अत्यन्तै लोकप्रिय रहेको ललितपुरमा जन्मेहुर्केका थापा शहीद स्मारक ‘बी’ डिभिजन लिगको टोली झम्सीखेल युवा क्लबका कोषाध्यक्ष पनि हुन्।
२२ पुस २०५४ मा झम्सीखेल युथ क्लबको स्थापना हुँदा थापा १४ वर्षका मात्र थिए। झम्सीखेलले त्यही वर्ष फागुनमा सम्पन्न ‘सी’ डिभिजन लिगको छनोट प्रतियोगिता खेलेको थियो।
उक्त प्रतियोगिताबाट थापाले १४ वर्षको उमेरमा व्यावसायिक फुटबलमा ‘डेब्यू’ गरेका थिए। त्यहीँबाट शुरू भएको थापाको फुटबल यात्रा अहिले नेपाली फुटबलका चर्चित पात्रसम्म पुगेको छ।
थापासँगै झम्सीखेलबाट व्यावसायिक फुटबलमा ‘डेब्यू’ गरेका विनोद लामा अहिले प्रशिक्षक संघका अध्यक्ष छन्। झम्सीखेल त्यो ‘सी’ डिभिजन लिगमा उक्लन सकेन।
त्यसपछि थापाले २०५८ सम्म जावलाखेल युथ क्लबबाट शीर्ष डिभिजनको फुटबल खेले। ५९ सालमा उनी नेपाल पुलिस क्लबमा भर्ना भएका थिए।
त्यतिबेला नेपाल पुलिस क्लबमा एकसेएक खेलाडी थिए। त्यसैले पुलिसको मुख्य टिममा उनले स्थान बनाउन सकेनन्।
सिनियर टीममा स्थान बनाउन नसक्ने खेलाडीलाई पुलिस क्लबले त्यतिबेला ‘बी’ वा ‘सी’ डिभिजन लिगका क्लबबाट खेल्न छुट दिन्थ्यो। त्यसैले उनले २०६१ मा नक्साल यूथ क्लबबाट ‘बी’ डिभिजन लिग खेले। अर्को वर्ष उनले ब्वाइज युनियन क्लबबाट 'ए' डिभिजन खेले।
नेपाल पुलिस क्लबमा झन्डै आठ वर्ष जागिर खाएपछि उनी २०६६ सालमा विद्यार्थी भिसामा बेलायत गए। तर, बेलयातमा उनी लामो समय बसेनन्।
“म म्यानचेस्टर युनाइटेडको ठूलो फ्यान हुँ। त्यसैले ओल्ड ट्राफोर्डमा बसेर युनाइटेडको खेल हेर्ने इच्छा थियो। त्यतिको लागि म विद्यार्थी भिसा लिएर लन्डन गएको थिएँ। ओल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध टोटेनह्यामको खेल हेरें। त्यसपछि वेम्बली रंगशालामा एफए कपको फाइनलमा चेल्सीविरुद्ध एस्टन भिल्लाको खेल हेरे। त्यसपछि म फेरि नेपाल फर्किए,” उनले भने।
उताबाट फर्किएपछि उनले खेलसँगै प्रशिक्षकका रूपमा पनि करिअर शुरू गरेका थिए। २०६९ मा झम्सीखेल ‘सी’ डिभिजनमा उक्लँदा थापा क्लबमा खेलाडीसँगै प्रशिक्षक पनि थिए।
२०७० सालमा जिल्ला फुटबल संघको अधिवेशन भयो। पुरूषाेत्तम मताधिकार प्राप्त व्यक्ति थिए। तर, जिल्ला संघको अधिवेशन भएर नयाँ अध्यक्ष चुनिसक्दा पनि थापालाई अत्तोपत्तो थिएन।
२०७३ मा झम्सीखेल ‘बी’ डिभिजन लिगमा उक्लियो। झम्सीखेल ‘बी’ डिभिजनमा उक्लँदा थापा क्लबको प्रशिक्षक थिए।
थापाले एएफसी ‘सी’ र ‘बी’ प्रशिक्षक लाइसेन्स पास गरिरहेका छन्। उनी एएफसी ‘ए’ लाइसेन्स कोर्सका लागि कुरिरहेका छन्। थापाले फुटसल कोचिङ कोर्स तथा फिफा एलिट कोर्स पनि गरिसकेका छन्।
२०६२/६३ को जनआन्दोलनपछि इन्द्रमान तुलाधर, रवीन जोशी, कृष्णभक्त मानन्धरहरूले नेपाल फुटबल संघ स्थापना गरे। गणेश थापा नेतृत्वको अखिल नेपाल फुटबल संघलाई अन्तर्राष्ट्रिय मान्यता थियो भने राणा समूहलाई सरकारको मान्यता थियो।
दुई फुटबल संघ २०६६ मा पुनः एक भएको थियो। चितवनको पुल्चोकमा सम्पन्न भेलाबाट दुई पक्ष एक ठाउँमा उभिएका थिए।
अध्यक्षमा गणेश थापा निर्विरोध भएका थिए। उक्त भेलाका लागि सबै जिल्ला संघमा अध्यक्ष सीधै मनोनीत गरिएको थियो। त्यतिबेला पनि ललितपुरमा जिल्लामा चुनाव हुनुपर्छ भनेर पुरूषोत्तम थापाले आवाज उठाएका थिए।
“त्यतिबेला एन्फा नेतृत्वविरुद्ध औँला उठाउने म एक्लो थिए। मैले सधैँ नराम्रो कामको विरोध गर्दै आएको छु,” थापा भन्छन्।
२०७० सालमा जिल्ला फुटबल संघको अधिवेशन भयो। थापा मताधिकार प्राप्त व्यक्ति थिए। तर, जिल्ला संघको अधिवेशन भएर नयाँ अध्यक्ष चुनिसक्दा पनि थापालाई अत्तोपत्तो थिएन।
महेन्द्र क्षेत्री अध्यक्षमा चुनिएका थिए। थापाले एन्फामा गएर त्यसको पनि विरोध गरेका थिए।
“सबैले मलाई गणेश थापाले चलाएको भन्छ। तर, म कसैको इशारामा चल्ने मान्छे होइन। विधि र विधान विपरीत हुने कामको विरोध गर्ने मान्छे हुँ। जिल्लाको अधिकारका लागि लड्ने मान्छे हुँ।”
“मैले विरोध गरेपछि यो फुटबलमा निरन्तर लागेको मान्छे भनेर मनोनीत सदस्य बनाएर ललितपुर जिल्ला संघभित्र ल्याइएको थियो,” थापाले भने, “त्यतिबेला जिल्ला लिग नै हुँदैनथ्यो। म सदस्यमा नियुक्त भएपछि जिल्ला लिग गराउनुपर्छ भन्ने अडान राखेँ। ललितपुरमा को खेल्न आउँछ र ? भनेका थिए। तर, मैले आफ्नै पहलमा १० टीमको सहभागितामा जिल्ला लिग सम्पन्न गरेको थिएँ।”
दुई वर्षअघिको चुनावमा थापा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका प्रतिद्वन्द्वी मणि कुँवरको साथमा थिए। तथापि कुँवरले अन्तिम समयमा विधानविपरीत गरिन लागेको भन्दै चुनाव बहिस्कार गरेका थिए।
कुँवरबाहेक उनको प्यानलका अन्यले चुनाव लडे पनि शेर्पा पक्षले निर्वाचनमा क्लिन स्विप गरेको थियो।
निरन्तर एन्फा नेतृत्वको विरोध गरेपछि उनीमाथि अहिले गणेश थापाको मान्छे भन्ने आरोप लाग्छ। तर, पुरूषोत्तम थापाले त्यसलाई अस्वीकार गर्छन्।
भन्छन्- “सबैले मलाई गणेश थापाले चलाएको भन्छ। तर, म कसैको इशारामा चल्ने मान्छे होइन। विधि र विधान विपरीत हुने कामको विरोध गर्ने मान्छे हुँ। जिल्लाको अधिकारका लागि लड्ने मान्छे हुँ। क्लबको हकहितमा बोल्ने मान्छे हुँ। क्लबहरू धेरै मारमा छन्। क्लबहरूले खेलेन भने फुटबललाई कहाँ खोज्ने? अनि हामीले पाउने अधिकारको बारेमा बोल्दा कसैले उचालेको हुन्छ र?”
" /> काठमाडौं। नेपाली खेलकुदको सबभन्दा ठूलो र सम्भवत चलायमान संस्था अखिल नेपाल फुटबल संघ विवादको उत्कर्षमा छ।आन्तरिक कलह, अपारदर्शिता, गुटबन्दी, बेथिति र दूरदर्शिताको अभाव नेपाली फुटबलको दीर्घ रोग हो। यसबाट फुटबल गाँजिएको धेरै भइसक्यो। तर, क्रोनिक भइसकेको त्यो रोगले अहिले बेमौसममा नेपाली खेलकुद राजनीतिलाई मज्जासँग तताएको छ।

">