काठमाडौं। स्कट म्याकटोमिनले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग थप पाँच वर्षका लागि सम्झौता नविकरण गरेका छन्। सम्झौता नविकरण गरिएसँगै मिडफिल्डर म्याकटोमिन जुन २०२६ सम्म युनाइटेडमै रहने छन्। युनाइटेड एकेडेमीमा हुर्किएका म्याकटोमिनलाई जोजे माउरिन्होले २०१७ मा सिनियर टीममा डेब्यू गराएका थिए।
स्कटल्यान्डका म्याकटोमिनले युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर ७५ खेल खेलिसकेका छन्। पछिल्लोपटक म्यानचेस्टर सिटीलाई २–० ले हराउँदा युनाइटेडका म्याकटोमिनले पनि गोल गरेका थिए। “क्लबसँग नयाँ सम्झौता गर्न पाउँदा म खुशी छु। प्रशिक्षकले मप्रति देखाउनु भएको विश्वासका लागि आभारी छु। आशा छ जारी सिजन हामीले उच्चतम लक्ष्य प्राप्त गर्नेछौं,” २३ वर्षे म्याकटोमिनले भने।
घुँडाको चोटका कारण तीन महीना मैदानबाहिर बस्नुका बाबजुद म्याकटोमिनले यस सिजन मात्र २८ खेल खेलिसकेका छन्। कोभिड–१९ महामारीका कारण खेल स्थगित भएर पुनः शुरू भएको टोटेनह्यामविरुद्धको पहिलो खेलमा पनि म्याकटोमिन पहिलो रोजाइमा परेका थिए।
" /> काठमाडौं। स्कट म्याकटोमिनले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग थप पाँच वर्षका लागि सम्झौता नविकरण गरेका छन्। सम्झौता नविकरण गरिएसँगै मिडफिल्डर म्याकटोमिन जुन २०२६ सम्म युनाइटेडमै रहने छन्। युनाइटेड एकेडेमीमा हुर्किएका म्याकटोमिनलाई जोजे माउरिन्होले २०१७ मा सिनियर टीममा डेब्यू गराएका थिए।स्कटल्यान्डका म्याकटोमिनले युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर ७५ खेल खेलिसकेका छन्। पछिल्लोपटक म्यानचेस्टर सिटीलाई २–० ले हराउँदा युनाइटेडका म्याकटोमिनले पनि गोल गरेका थिए। “क्लबसँग नयाँ सम्झौता गर्न पाउँदा म खुशी छु। प्रशिक्षकले मप्रति देखाउनु भएको विश्वासका लागि आभारी छु। आशा छ जारी सिजन हामीले उच्चतम लक्ष्य प्राप्त गर्नेछौं,” २३ वर्षे म्याकटोमिनले भने।
घुँडाको चोटका कारण तीन महीना मैदानबाहिर बस्नुका बाबजुद म्याकटोमिनले यस सिजन मात्र २८ खेल खेलिसकेका छन्। कोभिड–१९ महामारीका कारण खेल स्थगित भएर पुनः शुरू भएको टोटेनह्यामविरुद्धको पहिलो खेलमा पनि म्याकटोमिन पहिलो रोजाइमा परेका थिए।
">