कोभिडविरूद्ध नेपालको रणनीति प्रशंसनीय छ : डब्लुएचओ <p>काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरूद्ध नेपालले अपनाएको रणनीतिले राम्रो काम गरेको बताएका छन्। उनले एक अन्तर्वार्तामा उक्त धारणा राखेका हुन्।</p> <p>&quot;नेपाल सरकारले लकडाउन लागू गर्न एकदमै छिटो गर्&zwj;यो। जसले गर्दा अहिले सामुदायिकस्तरमा संक्रमण कम देखिएको छ,&quot; नेपाल प्रमुख डा. भ्यान्डेलरले भने, &quot;सरकारले गरेको अर्को राम्रो काम परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो। त्यसले गर्दा अहिले समुदायस्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन।&quot;&nbsp;</p> <p>सरकारले लकडाउनको समय अवधि आफूलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको उनकाे बुझाइ छ। विशेषगरी, संक्रमण नियन्त्रणका लागि आवश्यक सामग्री खरिद, कोभिड हस्पिटल तोक्ने, कर्मचारीलाई तालिम दिने, विभिन्न निर्देशिका जारी गर्ने कुरामा राम्रो काम गरेको उनले बताए। नेपाल जस्तो निम्न आयस्तर भएका देशको प्रतिक्रियालाई उच्च आय भएका देशको प्रतिक्रियासँग दाज्न नमिल्ने डा. भ्यान्डेलरकाे भनाइ छ।</p> <p>&quot;आगामी दिनमा केसहरू एकदमै धेरै बढ्नेवाला छ। त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु। विशेषगरी परीक्षणहरूको संख्या बढाउनको लागि आगामी महिनाहरूमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ,&quot; उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्