काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले नागरिकता संशोधन विधेयकमा अंगीकृत नागरिकताको लागि सात वर्षको प्रावधान राखेर नेपाललाई फिजीकरण हुनबाट जोेगाइएको बताएका छन्।
“नागरिकता संशोधन विधेयकमा अंगीकृतको लागि सात वर्षको प्रावधान राखेकोमा नेकपा सचिवालयलाई धन्यवाद। सचिवालयले नेपाललाई फिजीकरण हुनबाट जोगाउने दमदार निर्णय गरेको छ,” आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानियाँले भने, “नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पनि पास भएको छ। सुझबुझका साथ यो हुबहु पास हुनुपर्छ।”
प्रतिनिधि सभा बैठकमा नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले पनि अधिकृतको लागि सात वर्षको प्रावधान राखेर समितिले सही निर्णय लिएको बताइन्।
“नेपाल तीन तिरबाट भारतबाट घेरिएको छ। भारतका तीन प्रदेशले नेपाल घेरिएको छ। एक अर्ब ३० करोड जनसंख्या भएको भारतको एक तिहाइ जनसंख्या यी तीन प्रदेशमा छ,” उनले भने, “ती प्रदेशसँग हाम्रो विवाहवारी निरन्तर जारी छ। यस्तो अवस्थामा नेपाल आउने बित्तिकै अंगीकृत नागरिक दिने कुरा आएको थियो, तर समितिले महत्त्वपूर्ण निर्णय गरेको छ।”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले नागरिकता संशोधन विधेयकमा अंगीकृत नागरिकताको लागि सात वर्षको प्रावधान राखेर नेपाललाई फिजीकरण हुनबाट जोेगाइएको बताएका छन्।“नागरिकता संशोधन विधेयकमा अंगीकृतको लागि सात वर्षको प्रावधान राखेकोमा नेकपा सचिवालयलाई धन्यवाद। सचिवालयले नेपाललाई फिजीकरण हुनबाट जोगाउने दमदार निर्णय गरेको छ,” आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानियाँले भने, “नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पनि पास भएको छ। सुझबुझका साथ यो हुबहु पास हुनुपर्छ।”

">