काठमाडौं। वेष्ट इन्डिजका प्रशिक्षक फिल सिमोन्सले जसोन होल्डर र बेन स्टोक्सबीचको दुस्मनीले इङल्यान्डविरुद्धको टेष्ट शृंखलामा ठूलो फरक पार्ने बताएका छन्। वेष्ट इन्डिजका कप्तान होल्डर अहिले आईसीसी वरियतामा टेष्ट क्रिकेट अलराउन्डरको शीर्ष स्थानमा छन्। स्टोक्सलाई विज्डेन पत्रिकाले विश्वकै उत्कृष्ट क्रिकेटरका रूपमा राखेको छ।
“स्टोक्स सधै नम्बर एक स्थानमा रहन चाहने खेलाडी हुन्। होल्डरको स्थान लिनका लागि उनले सक्दो राम्रो गर्ने प्रयास गरेका छन्,” वेष्ट इन्डिजका प्रशिक्षक सिमोन्सले भनेका छन्, “मलाई थाहा छ होल्डर पनि नम्बर एकको स्थान कायमै राख्न चाहन्छन्।” २०१९ को शुरूमै सम्पन्न तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिजले इङ्ल्यान्डलाई २–१ ले हराउँदा होल्डर सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए।
गत वर्ष नै स्टोक्सले उत्कृष्ट प्रदर्शन गरेका थिए। इङ्ल्यान्डमै सम्पन्न विश्वकप फाइनलमा स्टोक्स म्यान अफ दी म्याच घोषित भएका थिए। इङ्ल्यान्ड एक विकेटले विजयी भएको एसेस टेष्ट क्रिकेटमा पनि स्टोक्सले महत्वपूर्ण १३५ रन बनाएका थिए। “दुई खेलाडीबीचको प्रतिद्वन्द्विताले यस शृंखलाको नतिजामा भर पर्छ,” वेष्ट इन्डिजका लागि २६ टेष्ट खेलिसकेका प्रशिक्षक सिमोन्सले भने, “यी दुई खेलाडी मैदानमा उत्रदा जसरी पनि जित्न चाहन्छन्।”
तीन खेलको टेष्ट शृंखला साउथह्याम्पटनमा ८ जुलाईबाट शुरू हुनेछ। खेल खाली रंगशालामा सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर खेलाइनेछ। त्यसअघि ओल्ड ट्राफोर्डमा रहेको वेष्ट इन्डिज टीमले दुई वार्मअफ म्याच खेल्नेछ। इङ्ल्यान्डको ३० सदस्यीय टीम भने साउथह्याम्पटनमै छन्। सबै खेलाडीको कोरोना भाइरस परीक्षण गरिनेछ। परीक्षणको नतिजा नआउँदासम्म सबै खेलाडी २४ घण्टा आइसोलेसनमा बस्नेछन्।
" /> काठमाडौं। वेष्ट इन्डिजका प्रशिक्षक फिल सिमोन्सले जसोन होल्डर र बेन स्टोक्सबीचको दुस्मनीले इङल्यान्डविरुद्धको टेष्ट शृंखलामा ठूलो फरक पार्ने बताएका छन्। वेष्ट इन्डिजका कप्तान होल्डर अहिले आईसीसी वरियतामा टेष्ट क्रिकेट अलराउन्डरको शीर्ष स्थानमा छन्। स्टोक्सलाई विज्डेन पत्रिकाले विश्वकै उत्कृष्ट क्रिकेटरका रूपमा राखेको छ।“स्टोक्स सधै नम्बर एक स्थानमा रहन चाहने खेलाडी हुन्। होल्डरको स्थान लिनका लागि उनले सक्दो राम्रो गर्ने प्रयास गरेका छन्,” वेष्ट इन्डिजका प्रशिक्षक सिमोन्सले भनेका छन्, “मलाई थाहा छ होल्डर पनि नम्बर एकको स्थान कायमै राख्न चाहन्छन्।” २०१९ को शुरूमै सम्पन्न तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिजले इङ्ल्यान्डलाई २–१ ले हराउँदा होल्डर सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए।

">