काबुल। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधिवक्ता कार्यालयका वकिलहरूको हत्याको भर्त्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गरेका छन्।
ती वकिलहरू हिजाे गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए।
खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकिल र टोलीका अन्य सदस्यहरूको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भर्त्सना गरेको जानकारी दिए।
उनले ट्वीट गर्दै भनेका छन्- “शान्तिका विरोधीहरूले उक्त आक्रमण गरी पाँचजनाको ज्यान लिएका छन्।”
अर्को ट्वीटमा उनले अगाडि भने, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाइ चाहेका छन्।”
हिजाे भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन्।
यसैबीच, उनले तालिबान र अफगान सरकार दुवैलाई अन्तर-अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गरे।
विशेष प्रतिनिधि खलिलजादले वार्तामार्फत् जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गरेका छन्।
उनले भनेका छन्, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरूको चाहनामा एकमत छौं।”
रासस–एएनआई
" /> काबुल। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधिवक्ता कार्यालयका वकिलहरूको हत्याको भर्त्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गरेका छन्।ती वकिलहरू हिजाे गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए।
खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकिल र टोलीका अन्य सदस्यहरूको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भर्त्सना गरेको जानकारी दिए।
उनले ट्वीट गर्दै भनेका छन्- “शान्तिका विरोधीहरूले उक्त आक्रमण गरी पाँचजनाको ज्यान लिएका छन्।”
अर्को ट्वीटमा उनले अगाडि भने, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाइ चाहेका छन्।”
हिजाे भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन्।
यसैबीच, उनले तालिबान र अफगान सरकार दुवैलाई अन्तर-अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गरे।
विशेष प्रतिनिधि खलिलजादले वार्तामार्फत् जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गरेका छन्।
उनले भनेका छन्, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरूको चाहनामा एकमत छौं।”
रासस–एएनआई
">- अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले शान्तिका विरोधीहरूले उक्त आक्रमण गरी पाँचजनाको ज्यान लिएकाे बताएका छन्।
">