सुदूरपश्चिममा थपिए ४९ कोरोना संक्रमित

कैलाली। सुदूरपश्चिममा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा पाँच महिनाकी बालिकासहित १७ महिला र ३२ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढीमा गरिएको परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकै ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए।

त्यस्तै कञ्चनपुर, बाजुरा र बझाङका एक/एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठकाे भनाइ छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार १९३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्