छोरी बलात्कार गरेकाे आरोपमा एकजना पक्राउ
काठमाडौं। आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

१७ वर्ष पुगेकी छोरीलाई बलात्कार गरेकाे आरोपमा सिन्धुपाल्चोक स्थायी घर भएका ४० वर्षे पुरुषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीले ती पुरुषलाई हिजो ललितपुरबाट पक्राउ गरेको थियो।

गत वर्ष १२ कात्तिकदेखि ती पुरुषले विभिन्न डर त्रासमा पारी आफ्नै छोरीमाथि पटक-पटक जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।

हाल सातदोबाटो प्रहरी वृत्तको हिरासतमा राखिएका पुरुषमाथि विशेष अनुसन्धान भइरहेको जनाइएको छ।

अनुसन्धानका क्रममा प्रहरीले पीडितको पनि बयान लिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्