काठमाडौं। नुवाकोटमा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।
बेलकोटगढी नगरपालिका-७ छबिसकाल्लेस्थित त्रिशुली नदीमा डुबेर सोही ठाउँस्थित इँट्टाभट्टामा सवारी चालकको काम गर्ने खोटाङ संजेल घर भएका ५० वर्षीय होमनाथ राईको मृत्यु भएको छ।
नदीमा नुहाउन जाने क्रममा उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि जिल्लाअस्पताल त्रिशुलीतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।
त्यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाइन नजिकै डेरा गरी बस्ने भारत घर भएका पप्पुम अन्सारीको २ वर्षीय छोरा अर्देज अन्सारीको घर अगाडिको सडकको नालीमा डुबेर मृत्यु भएको छ।
उक्त नालाको पानीले बगाएको अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि देउती नर्सिंह होम लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौं। नुवाकोटमा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।बेलकोटगढी नगरपालिका-७ छबिसकाल्लेस्थित त्रिशुली नदीमा डुबेर सोही ठाउँस्थित इँट्टाभट्टामा सवारी चालकको काम गर्ने खोटाङ संजेल घर भएका ५० वर्षीय होमनाथ राईको मृत्यु भएको छ।

">