काठमाडौं। मोरङ, मकवानपुर र नवलपरासीपश्चिममा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थित सडकमा बा. ६९ प ७४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको एनएल ०१ एल २४६० नम्बरको ग्याँस लोड भएको भारतीय बुलेट गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय जसमान घिसिङको घटनास्थलमै मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-११ जर्गाहास्थित सडकमा लु. ३ त ३०९५ नम्बरको ट्याक्टरबाट खसेर बर्दघाट नगरपालिका-२ सुखौरा बस्ने २४ वर्षीया मिना नेपालीको मृत्यु भएको छ।
खेतमा रोपाई गरी घरतर्फ फिर्ता हुने क्रममा ट्याक्टरबाट अचानक खस्न गई ट्याक्टरको पछाडीको टायरले कुल्चिदा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। मोरङ, मकवानपुर र नवलपरासीपश्चिममा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थित सडकमा बा. ६९ प ७४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको छ।

">