सर्लाहीमा अवैध गाँजासहित युवक पक्राउ
<p>काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाल प्रहरीले अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। </p>
<p>नगरपालिका वडा नम्बर १ को सडकबाटै झण्डै पाँच किलो गाँजासहित प्रहरीले २६ वर्षे स्थानीय युवा किरण लामालाई पक्राउ गरेको हो।</p>
<p>केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी गराएअनुसार इलाका प्रहरी कार्यालय नवलपुरको गस्ती टोलीले मोटरसाइकलमा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा लामालाई गाँजासहित पक्राउ गरिएको थियो।</p>
<p>पक्राउ गरिएका लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
