कैलाली। सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अछाम र बाजुरामा कार्यरत दुईजना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बताए।
उनले संक्रमित दुवै प्रहरी जवानको सम्बन्धित जिल्लाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन्।
त्यस्तै यसअघि सुदूरपश्चिममा कार्यरत तीनजना प्रहरीमा कोरोना पुष्टि भएको थियो।
प्रहरी नायव महानिरीक्षक सुवेदीले तीनैजना प्रहरी कंचनपुरमा कार्यरत रहेकोमा दुईजना संक्रमित महिला प्रहरी भने कोरोना संक्रमणमुक्त भएर भईसकेको बताउदै अर्का एकजना प्रहरीको महाकाली अस्पताल कंचनपुरमा उपचार गराइरहेको बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।अछाम र बाजुरामा कार्यरत दुईजना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बताए।

">