पाल्पा। तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको आज सनाखत भएको छ।
मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका-२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका-२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
पहिरो खस्दा अवरुद्ध तानसेन-तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन आज बिहानदेखि सञ्चालनमा आएका छन्।
पहिरोले लु. २ ख १३७६ नम्बर ट्रक र लु. १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको थियो।
ट्रक भीरमा अड्किएको छ भने ट्यांकर तल खोल्सामा क्षति अवस्थामा छ।
लु. १ च ७०११ नम्बरको कार र लु. २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन्। रासस
" /> पाल्पा। तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको आज सनाखत भएको छ।मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका-२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका-२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

">