तनहुँ। सुख्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन-आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरा नजिकै गएराति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारीसाधन रोकिएका छन्।
केही दिनयता परेको पानीले जमिन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए। राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। रासस
" /> तनहुँ। सुख्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन-आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ।जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरा नजिकै गएराति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो।

">