क्वारेन्टाइनबाट घर पठाइएपछि मृत्यु भएका युवकको कोरोना परीक्षण हुँदै
<p style="text-align: justify;">कैलाली। क्वारेन्टाइनबाट घर पठाइएका लम्किचुहा नगरपालिका-७ का एक युवकको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।</p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार ३६ वर्षीय युवकको हिजो साँझ मृत्यु भएको र थ्रोट स्वाब नमूना संकलन गरिएको हो। </p>
<p style="text-align: justify;">नमूना परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाइएको छ।</p>
<p style="text-align: justify;">वडा नम्बर-२ को क्वारेन्टाइनबाट आइतबार घर गएका ती युवकको वडा नम्वर-५ धनचौरीमा मृत्यु भएको थियो। </p>