काठमाडौं। साउदी अरेबियाको हज तथा उमरा मामिला मन्त्रालयले सन् २०२० मा अन्य देशका मुस्लिमहरूलाई हज यात्राको अनुमति नदिने निर्णय गरेको छ।
कोभिड-१९ महमारीका कारण यो वर्ष साउदी अरबभित्र रहेका मुस्लिमहरूले मात्र हज यात्रा गर्न पाउने निर्णय गरिएको हो।
साउदी अरेबियाको यो निर्णयसँगै हज यात्राको प्रक्रिया शुरू गरेका एक हजार ५०० नेपाली मुस्लिमहरुको यो वर्ष हज यात्रा गर्न नपाउने भएका छन्।
नेपालबाट वार्षिक एक हजारभन्दा बढी मुस्लिम धर्मावलम्वीहरू हज यात्राको लागि साउदी अरब जाने गर्छन्। यो वर्ष एक हजार २०० देखि एक हजार ५०० सम्म हज यात्री पठाउनको लागि गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले प्रक्रिया गत चैतको पहिलो साताबाट शुरू गरेको थियो।
समितिले चैतमै हज यात्रामा जान चाहने इच्छुकहरूको नाम संकलन शुरू गरेको थियो। यस्तै चैतको पहिलो सातामा नै समितिले नेपालबाट हज यात्राको लागि साउदी अरब जान आवश्यक पर्ने हवाई टिकटको लागि बोलपत्र आव्हान गरिसकेको थियो। साउदी सरकारको निर्णयले अब यी सबै प्रक्रिया रोकिएका छन्।
साउदी हज तथा उमरा मामिला मन्त्रालयले कोरोना महामारी थप जटिल हुने भएकोले अन्य देशका मुस्लिमहरुलाई यस वर्ष हज यात्रा गर्न नदिइने निर्णय गर्नुपरेको जनाएको छ।
सामाजिक दूरी कायम गर्नुपर्ने नियम अनुसार पछिल्लो निर्णयहरू लिइएको मन्त्रालयले प्रष्ट्याएको छ।
साउदी अरेबिया भित्रैबाट हज गर्नेहरूको सुरक्षामा अन्य उपायहरु अपनाइने बताइएको छ।
इस्लामिक क्यालेण्डर चन्द्रमाको हिसाबले बदलिन्छ तर हज भने बकरइदको समयमा हुनेगर्छ। यो वर्ष हजको आयोजना अगष्टको पहिलो साता गरिदैछ।
इस्लामका ५ महत्वपूर्ण स्थानहरू छन्, यसमा सबैभन्दा अन्तिम हज मानिन्छ। शारीरिक रूपमा ठिक र आर्थिक रूपमा सम्पन्न मुस्लिम जीवनमा एकपटक हज गर्ने इच्छा राख्छन्।
यसैकारण हरेक वर्ष २० लाख भन्दा बढी मुसलमान हजको लागि साउदी अरेबियाको मक्का पुग्ने गर्छन्। यस पटक भने अन्य देशमा रहेका मुसलमानहरू हज यात्रामा जान पाउने छैनन्।
साउदी अरबमा हालसम्म ६१ हजार जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमितमध्ये ३०७ जनाको मृत्यु भइसकेको छ। गत साताबाट साउदी अरबले लकडाउन भने हटाएको छ।
" /> काठमाडौं। साउदी अरेबियाको हज तथा उमरा मामिला मन्त्रालयले सन् २०२० मा अन्य देशका मुस्लिमहरूलाई हज यात्राको अनुमति नदिने निर्णय गरेको छ।कोभिड-१९ महमारीका कारण यो वर्ष साउदी अरबभित्र रहेका मुस्लिमहरूले मात्र हज यात्रा गर्न पाउने निर्णय गरिएको हो।

">