काठमाडौं। फिल फोडेन र रियाद माहरेजको समान दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ। सिटीको जितसँगै उपाधि होडमा रहेको लिभरपुललाई थप समय कुर्नुपर्ने भएको छ।

सिटीले घरेलु मैदानमा पहिलो हाफमै तीन गोल गर्दै सहज नतिजा निकाल्ने पक्का परेको थियो। बर्नान्डो सिल्भाको पासमा फोडेनले २२औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४३औं मिनेटमा फर्नान्डिन्होको पासमा रियाद माहरेजले अग्रता दोब्बर बनाए।

पहिलो हाफको अन्तिम मिनेटमा माहरेजले पेनाल्टीमा अर्को गोल थपे। बर्नलीका रक्षक बेन मीले सर्जियो अग्विरोलाई फाउल गरेपछि भिडिओ सहायक रेफ्री (भिएआर) ले सिटीलाई पेनाल्टी अवसर दिएको हो।

५१औं मिनेटमा डेबिड सिल्भाले अर्को गोल थपे। डेबिड सिल्भाले बर्नान्डो सिल्भाको पासमा गरेको गोलमा फोडेनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनै फोडेनले ६३औं मिनेटमा डेबिड सिल्भाको क्रसमा गाब्रियल जिससले मिलाइदिएको पासमा फोडेनले व्यक्तिगत दोस्रो गोल थपेका थिए।

लिगमा आठ खेल बाँकी हुँदा पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा २० अंकले पछाडि छ। अघिल्लो खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुलले अब भोलि राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। क्रिष्टल प्यालेसविरुद्धको खेलपछि लिभरपुलले अर्को खेलका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ।

दुवै खेल जितेमा लिभरपुलले साविक विजेता सिटीको घरेलु मैदान इतिहाद रंगशालामा उपाधि उचाल्नेछ। नभए ३० वर्षपछि उपाधि जित्न लागेको लिभरपुललाई थप समय कुर्नु पर्नेछ।

" /> काठमाडौं। फिल फोडेन र रियाद माहरेजको समान दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ। सिटीको जितसँगै उपाधि होडमा रहेको लिभरपुललाई थप समय कुर्नुपर्ने भएको छ।

सिटीले घरेलु मैदानमा पहिलो हाफमै तीन गोल गर्दै सहज नतिजा निकाल्ने पक्का परेको थियो। बर्नान्डो सिल्भाको पासमा फोडेनले २२औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४३औं मिनेटमा फर्नान्डिन्होको पासमा रियाद माहरेजले अग्रता दोब्बर बनाए।

पहिलो हाफको अन्तिम मिनेटमा माहरेजले पेनाल्टीमा अर्को गोल थपे। बर्नलीका रक्षक बेन मीले सर्जियो अग्विरोलाई फाउल गरेपछि भिडिओ सहायक रेफ्री (भिएआर) ले सिटीलाई पेनाल्टी अवसर दिएको हो।

५१औं मिनेटमा डेबिड सिल्भाले अर्को गोल थपे। डेबिड सिल्भाले बर्नान्डो सिल्भाको पासमा गरेको गोलमा फोडेनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनै फोडेनले ६३औं मिनेटमा डेबिड सिल्भाको क्रसमा गाब्रियल जिससले मिलाइदिएको पासमा फोडेनले व्यक्तिगत दोस्रो गोल थपेका थिए।

लिगमा आठ खेल बाँकी हुँदा पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा २० अंकले पछाडि छ। अघिल्लो खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुलले अब भोलि राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। क्रिष्टल प्यालेसविरुद्धको खेलपछि लिभरपुलले अर्को खेलका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ।

दुवै खेल जितेमा लिभरपुलले साविक विजेता सिटीको घरेलु मैदान इतिहाद रंगशालामा उपाधि उचाल्नेछ। नभए ३० वर्षपछि उपाधि जित्न लागेको लिभरपुललाई थप समय कुर्नु पर्नेछ।

"> फोडेनको उत्कृष्‍ट प्रदर्शनमा सिटीको रवाफ: Dekhapadhi
फोडेनको उत्कृष्‍ट प्रदर्शनमा सिटीको रवाफ
काठमाडौं। फिल फोडेन र रियाद माहरेजको समान दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ। सिटीको जितसँगै उपाधि होडमा रहेको लिभरपुललाई थप समय कुर्नुपर्ने भएको छ।

सिटीले घरेलु मैदानमा पहिलो हाफमै तीन गोल गर्दै सहज नतिजा निकाल्ने पक्का परेको थियो। बर्नान्डो सिल्भाको पासमा फोडेनले २२औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ४३औं मिनेटमा फर्नान्डिन्होको पासमा रियाद माहरेजले अग्रता दोब्बर बनाए।

पहिलो हाफको अन्तिम मिनेटमा माहरेजले पेनाल्टीमा अर्को गोल थपे। बर्नलीका रक्षक बेन मीले सर्जियो अग्विरोलाई फाउल गरेपछि भिडिओ सहायक रेफ्री (भिएआर) ले सिटीलाई पेनाल्टी अवसर दिएको हो।

५१औं मिनेटमा डेबिड सिल्भाले अर्को गोल थपे। डेबिड सिल्भाले बर्नान्डो सिल्भाको पासमा गरेको गोलमा फोडेनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनै फोडेनले ६३औं मिनेटमा डेबिड सिल्भाको क्रसमा गाब्रियल जिससले मिलाइदिएको पासमा फोडेनले व्यक्तिगत दोस्रो गोल थपेका थिए।

लिगमा आठ खेल बाँकी हुँदा पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा २० अंकले पछाडि छ। अघिल्लो खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुलले अब भोलि राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। क्रिष्टल प्यालेसविरुद्धको खेलपछि लिभरपुलले अर्को खेलका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ।

दुवै खेल जितेमा लिभरपुलले साविक विजेता सिटीको घरेलु मैदान इतिहाद रंगशालामा उपाधि उचाल्नेछ। नभए ३० वर्षपछि उपाधि जित्न लागेको लिभरपुललाई थप समय कुर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्