गण्डकी प्रदेश: थप ५३ जनामा काेभिड-१९ पुष्टि <p>काठमाडाैं। गण्डकी प्रदेशमा आज थप ५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।</p> <p>गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, स्याङ्जामा ९, बागलुङमा ८, गाेरखामा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।&nbsp;</p> <p>त्यस्तै लमजुङमा ५, पर्वत, नवलपुर र कास्कीमा एक/एक जनामा संक्रमण देखिएकाे निर्देशनालयले जनाएकाे छ।</p> <p>याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्