काठमाडौं। पाल्पामा पहिरोले गुडिरहेको कार पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
तानसेन नगरपालिका-११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुरेकाे हाे।
सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको प्रहरीले जनाएकाे छ।
अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली उद्धारमा खटिएका छन्।
.jpg)
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको जानकारी दिए।
उनले उद्धार कार्य जारी रहेकाले सडकबाट तल खसेका सवारीसाधनमा कति मानिस सवार थिए वा थिएनन् भन्ने नखुलेको बताए।
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारणले ठाउँ-ठाउँमा पहिरो गइरहेको छ।
" /> काठमाडौं। पाल्पामा पहिरोले गुडिरहेको कार पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।तानसेन नगरपालिका-११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुरेकाे हाे।

">