रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिए

काठमाडौं। ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अहिलेसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमितहरू फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज थप ५३५ जनामा संक्रमण देखिएको छ।

देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा कोभिड-१९ पुष्‍टि भएको हो।

नयाँ सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ। तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्