झापा। झापाको कनकाई नगरपालिकाका वडा न. १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ।
क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि १३ असारसम्म नगर क्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो।
नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज बसेको बैठकको सो निर्णय गरेको हो।
नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा हिजाे, ७ असारमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको भेटघाट श्रीमानसँग भएको र श्रीमानको सम्पर्क समुदायस्तरसम्म रहेका कारण संक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो।
नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक आफ्नै घरभित्र रहन र सामाजिक दूरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ।
सो अवधिमा स्वास्थ्य सेवाका ओपीडीबाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ।
त्यसैगरी आजै मेचीनगर नगरपालिका-६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड-१९ को प्रयोगशाला पठाइएको छ।
संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन्।
संक्रमित महिला भारतको यूपीबाट गत ३० जेठमा काँकडभिट्टा आएकी थिइन्।
" /> झापा। झापाको कनकाई नगरपालिकाका वडा न. १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ।क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि १३ असारसम्म नगर क्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो।

">