भारतबाट फर्किएकालाई कैलालीको नाकामा खुवाउँदै आएको निशुल्क खाना स्थगित
कैलाली। रोयल कोलाबोरेटिभ्स प्रालि धनगढीले त्रिनगर भन्सार नाकामा संचालन गर्दै आएको निशुल्क खाना घर आजदेखि स्थगित गरेको जनाएको छ।

प्रालिले आज पत्रकार सम्मेलनमार्फत खानाघर स्थगित गरिएको जानकारी दिएको हो।

९ जेठदेखि शुरू गरिएको खानाघर ६ असारसम्म ६५ हजार ६०३ प्लेट खाना खुवाइएको प्रालिका अध्यक्ष गजेन्द्रविक्रम शाहीले बताए।

निशुल्क खाना घरमा निशर्ग अस्पताल धनगढी, कैलाली उद्योग बाणिज्य संघ, धनगढी उपमहानगरपालिका, रुडुक लगायत विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेको बताउँदै प्रालिले धन्यवाद दिएको छ।

अहिलेलाई स्थगित मात्र गरिएको हो अभियान नै बन्द गरिएको होइन भन्दै अध्यक्ष शाहीले आवश्यक परेको खण्डमा पुन: यो अभियान शुरू गरिने बताए।

प्रालिका सदस्यहरू देवेन्द्र जोशी, ईन्द्र विनाडी, दिनेश शाह, रचित शाहले घरमा नगइ निरन्तर अभियानमा साथ दिएकोले सम्पूर्ण सदस्यलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्