काठमाडौं। कर्णाली प्रदेशका थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा चारजना, सुर्खेतमा १८ जना, दैलेखमा तीन र हुम्लामा एकजनामा संक्रमण पुष्टि भएको हो।
सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
आज कर्णालीका विभिन्न जिल्लाबाट २० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
यस प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार २८२ पुगेको छ।
कोभिड-१९ पुष्टि भएकामध्ये चारजनाको मृत्यु भएको छ।
आजसम्म ५५१ जना डिस्चार्ज भएका छन्।
" /> काठमाडौं। कर्णाली प्रदेशका थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा चारजना, सुर्खेतमा १८ जना, दैलेखमा तीन र हुम्लामा एकजनामा संक्रमण पुष्टि भएको हो।

">