काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको मिहिनेत, सहयोग र सक्रियता सदैव आवश्यक रहेको बताएका छन्।
नेपाल पुलिस स्कुल साँगाको हाताभित्र नवनिर्मित दुईवटा छात्रावास भवनहरूको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले सो कुरा बताएका हुन्।
प्रहरी महानिरीक्षक ज्ञवालीले विद्यालयको शैक्षिक स्तरोन्नति तथा भौतिक पूर्वाधारको विकासको लागि विद्यालयका पूर्व समादेशक, प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
मानव सभ्यताको विकास र देशको समृद्धिमा शिक्षाको महत्त्व र आवश्यकताबारे चर्चा गर्दै उनले विकासको आधारभूत तत्व नै शिक्षा रहेकाले यसमा गरेको लगानी कहिल्यै खेर नजाने बताए।
कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको विषम परिस्थितिले विद्यालय सञ्चालनका साथै विद्यार्थीहरूमा पर्न गएको अप्ठेरो अवस्थालाई भर्चुअल कक्षाले केही सहयोग गरेको उनले उल्लेख गरे।
विद्यालयको आन्तरिक स्राेतबाट निर्माण सम्पन्न भएका उक्त भवनहरूमध्ये ९ हजार १२१ दशमलव २५ वर्गफिट क्षेत्रफलमा रहेको पहिलो छात्रावास भवन तीन करोड रूपैयाँ र १८ हजार ५५२ वर्गफिट क्षेत्रफलमा रहेको दोस्रो छात्रावास भवन पाँच करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको मिहिनेत, सहयोग र सक्रियता सदैव आवश्यक रहेको बताएका छन्।नेपाल पुलिस स्कुल साँगाको हाताभित्र नवनिर्मित दुईवटा छात्रावास भवनहरूको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले सो कुरा बताएका हुन्।

">