सशस्त्र प्रहरी निरीक्षकको परीक्षाफल सार्वजनिक
<p style="text-align: justify;">काठमाडौं।गएको फागुनमा सञ्चालन गरिएको सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ। लोक सेवा आयोगले २०७६ मंसिरको विज्ञापन अनुसार २७ फागुनदेखि १ चैतसम्म सञ्चालन गरिएको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको आयोगले जनाएको छ। </p>
<p style="text-align: justify;">लिखित परीक्षामा सहभागी ३७८ जनामध्ये समावेशी कोटाबाट समेत कूल ६५ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। लिखित परीक्षामा पास भएकाहरूले सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखामा सम्पर्क गर्नुपर्ने भनिएको छ। </p>
<p style="text-align: justify;"> </p>
<p><iframe height="480" src="https://drive.google.com/file/d/11dfAQ0e0iXVCNT21dNWgYcGQeEii5YUb/preview" width="640"></iframe></p>
प्रतिक्रिया दिनुहोस्
