पेरिस। सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ।
फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरूबाट सिरियामै बालबच्चा जन्मिएका थिए।
गत वर्ष मार्च २०१९ मा अमेरिका र पश्चिमा मुलुकको व्यापक सैन्य कारबाहीपछि सिरियाबाट इस्लामिक स्टेट समूह परास्त भएको थियो।
फ्रान्सेली विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ती बालबालिका उत्तरपूर्वी सिरियाका शिविरबाट फिर्ता ल्याएको जनाइएको छ।
उनीहरूको स्वास्थ्य उपचार शुरू गरिएको र ती बालिबालिकाको हेरचाह गर्ने जिम्मेवारी सामाजिक संस्थालाई दिइएको छ। ती बालबालिकाका अभिभावकका बारेमा भने केही खुलाइएको छैन।
फ्रान्सले युद्धग्रस्त सिरियाबाट कूल २८ बालबालिकालाई फिर्ता लगिसकेको छ। अधिकारवादी समूहहरूले बालबालिकालाई तत्काल फर्काउन फ्रान्स सरकारमाथि लगातार दबाब दिइरहेका छन्।
अधिकारवादी समूहले कतिपय बालबालिका उनीहरूका बाबुआमाले फ्रान्सबाटै साथमा लगेको दाबी गरेका छन्।
एक अनुमानअनुसार करीब ३०० फ्रान्सेली बालबालिका सिरियास्थित कुर्दिस समुदायले सञ्चालन गरेका शिविरमा उनीहरूका आमाहरूका साथमा छन्।
फ्रान्सले भने सिरिया पुगेका हरेक व्यक्तिमाथि स्थानीय कानूनबमोजिम कारबाही हुने जनाएको छ।
सिरियाको उत्तरपूर्वस्थित अल-होल भन्ने स्थानमा करीब १२ हजार विदेशी नागरिक अस्थायी शिविरमा छन्। जसमा चार हजार महिला र आठ हजार बालबालिका छन्।
सहायता निकायहरूले यी शिविरमा आश्रित व्यक्तिहरूले कुपोषण र रोगको प्रकोपबाट गुज्रनु परेको बताएका छन्।
कुर्दिस अधिकारीहरूले शिविरमा रहेका विदेशी नागरिकहरू स्वदेश फर्काउन आग्रह गरिरहेका छन्। उनीहरूले अनिश्चितकालसम्म विदेशी नागरिकलाई सुरक्षा दिएर राख्न नसक्ने चेतावनी पनि दिएका छन्। रासस-एएफपी
" /> पेरिस। सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ।फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरूबाट सिरियामै बालबच्चा जन्मिएका थिए।

">