काठमाडौं। विश्व स्वास्थ्य संगठनको नेपालस्थित् कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रूपमा अपील गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड–१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपील गरेका हुन्।
लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए। उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले मानिसहरूको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे।
“लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो। अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ। काममा जान पाएका छौ। नातेदार परिवारहरूलाई भट्न जान पाइरहेका छौ। तर, हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझैं पनि गइसकेको छैन। महामारी अझैं पनि छ र हामी अझैं पनि संक्रमित हुन सक्छौं, तसर्थ हामी अलि होसियार हुनु जरुरी छ”, उनले भने।
उनले हामीले आफैंले केही कदमहरू चाल्नु जरुरी रहेको बताए। उनले एक अर्कासँग भौतिक दूरी कायम गर्ने, कपडाकै भएपनि मास्क लगाउने गर्नुपर्ने बताए।
“संक्रमित व्यक्तिलाई तपाईंले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईंको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईंको शरीरमा प्रवेश गर्छ। त्यसैगरी खोक्दा मुख छोप्ने”, उनले अगाडि भनेका छन्, “ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने। यी कुराहरू तपाईंहरूले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ। भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरू पलना गर्नु नै हो।”
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठनको नेपालस्थित् कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रूपमा अपील गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड–१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपील गरेका हुन्।लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए। उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले मानिसहरूको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे।

">