प्युठान : शुल्क तिरेका विद्यार्थीले पाउने भए रकम फिर्ता
प्युठान। प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको छ।

यसका लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् नगरपालिकाले निःशुल्क शिक्षाको कार्यक्रम अघि सारेको थियो।

नगरपालिकाले भर्ना अभियानका क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्ने गरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गरेको निर्णयको कार्यान्वयन गर्दै ३४ सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोख्रेलले बताए।

निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि ६३ लाख रूपैयाँ उपलब्ध गराएको उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्