पाल्पा। अविरल वर्षाका कारण खसेको पहिरोले बिजुलीको खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ।
रिब्दीकोट गाउँपालिका-७ बतासेमा पहिरोले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सातवटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो।
बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन।
जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ।
रैनादेवी छहरा गाउँपालिका-४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताउँछन्। त्यस्तै सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या भएकव स्थानीयले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण, वितरण शाखा पाल्पाका सूचना अधिकारी विवेक अधिकारीले पानी पर्न रोकिएपछि मात्र काम शुरू गर्न सकिने बताए।
उनका अनुसार विद्युत नियमित हुन अझै एक दुई दिन लाग्न सक्छ। रासस
" /> पाल्पा। अविरल वर्षाका कारण खसेको पहिरोले बिजुलीको खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ।रिब्दीकोट गाउँपालिका-७ बतासेमा पहिरोले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सातवटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो।

">