बैतडी। कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि 'सिल' गरिएको छ।
सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र 'सिल' गर्ने निर्णय गरेको हो ।
संक्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको मेयर केशवबहादुर चन्दले बताए।
लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो।
मेयर चन्दले भने, “ नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो। नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन्। निर्णय उल्लङ्घन गरेमा जरिवना गरिनेछ।”
नगरपालिकाका आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकजना अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन्। बाँकी सातजना आइसोलेसनमा रहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। रासस
" /> बैतडी। कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि 'सिल' गरिएको छ।सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र 'सिल' गर्ने निर्णय गरेको हो ।

">