काठमाडौं। स्नातक तह तेस्रो तथा चौथो वर्षको परीक्षा सकिएर पहिलो, दोस्रो वर्षको परीक्षाको तयारी हुने बेला भइसक्यो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले निकालेको तालिकाअनुसार भएको भए ५ जेठभित्र स्नातक तह चौथौ वर्षको परीक्षा सकिने थियो।
तर, अचानक आएको कोरोना भाइरस महामारीका कारण सबथोक अस्तव्यस्त भएको छ। त्रिविले कुनै ठोष निर्णय गर्न सकेको छैन। ५ लाख भन्दा बढी विद्यार्थी अन्योल अवस्थाको सिकार भएका छन्।
४ लाख १५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको त्रिविले स्नातकोत्तर तथा विद्यावारिधीका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। तर स्नातत तहमा रोकिएका परीक्षा तथा कक्षा कहिले र कसरी सञ्चालन गर्ने भन्नेमा कुनै निर्णय छैन। अलपत्र छन्।
त्रिविका रजिष्ट्रार प्रा. डा. पेसल दाहालले स्नातकोत्तर, एमफिल तथा स्नातक तहका परिक्षा सञ्चालन सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको जानकारी गराए।
“विशेषगरी परीक्षा कसरी सञ्चालन गर्ने भनेर समितिले सुझाव दिनेछ। त्यसमा अन्तर्राष्ट्रिय अभ्यास के छ ? त्यसका आधारमा समितिबाट सुझाव आएपछि उचित निर्णय लिइनेछ,” रजिष्टार दाहालले देखापढीसँग भने।
त्रिविका कतिपय विभाग प्रमुखहरू स्नातक तहका विद्यार्थीहरूको एक शैक्षिक शत्र खेर जान सक्ने बताउँछन्। त्रिविले अहिले सेमेस्टर पद्दतिलाई मात्र प्राथमिकतामा राखेको भन्दै वार्षिक परीक्षालाई अगाडि बढाउने विषयमा केही छलफल नभएको विभागीय प्रमुखहरू बताउँछन्।
सबै विद्यार्थीमा इन्टरनेटको सहज पहुँच नहुनु तथा विद्यार्थी सँख्या बढी हुनु लगायतका कारणले विश्वविद्यालयहरूले सबै तहमा अनलाइन तथा अन्य विकल्पका आधारमा कक्षा सञ्चालन गर्न नसकेको अधिकारीहरू बताउँछन्।
त्रिविका शिक्षाध्यक्ष शिवलाल भूषाल पनि रोकिएका स्नातक तहका परीक्षाका विषयमा तत्काल कुनै निर्णय हुन नसक्ने बताउँछन्। “वार्षिक परीक्षा केही समय ढीला गर्दा पनि शैक्षिक शत्रमा खासै फरक पर्दैन्,” उनी भन्छन्, “तत्काल सेमेस्टरबारे कुनै निर्णय गर्न नसके चाँही शैक्षिक क्यालेण्डर नै प्रभावित हुन्छ।”
त्यस्तै १६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत काठमाडौं विश्व विद्यालयले पनि यस विषयमा अहिलेसम्म कुनै निर्यण गरेको छैन्।
देशभरका ११ वटा विश्व विद्यालय तथा तिनका आंगिक क्याम्पसमा गरी ५ लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन्। तिनीहरूमध्ये स्नाकोत्तर तथा एमफिलमा अनलाइन कक्षा सञ्चालनमा छन्। बाँकी विद्यार्थी विश्वविद्यालयका निर्णय पर्खेर बसेका छन्।

जसले गर्दा परीक्षाको तयारीमा रहेका तथा माथिल्लो कक्षा जाने पर्खाइमा रहेका विद्यार्थीमा अन्यौल छाएको छ।
कुन विश्व विद्यालयमा कति विद्यार्थी ?
आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा १०.६ प्रतिशतले विद्यार्थी बढेको देखाएको छ।
" /> काठमाडौं। स्नातक तह तेस्रो तथा चौथो वर्षको परीक्षा सकिएर पहिलो, दोस्रो वर्षको परीक्षाको तयारी हुने बेला भइसक्यो।

">