थाइल्यान्डमा २८ दिनयता कोरोना भाइरसको स्थानीय संक्रमण शून्य
<p>बैंकक। दक्षिणपूर्वी एशियाली देश थाइल्यान्डमा २८ दिनयता कोरोना भाइरसको स्थानीय संक्रमण शून्य छ।</p>
<p>समाचार एजेन्सी रोयटर्सका अनुसार आज संक्रमण पुष्टि भएका तीनजना बिरामी विदेशबाट आएका नागरिक हुन्। उनीहरू भारतबाट स्वदेश फर्केर क्‍वारेन्टाइनमा बसिरहेका थिए।</p>
<p>क्‍वारेन्टाइनमा गरिएको परीक्षणमा उनीहरूलाई कोभिड-१९ पोजिटिभ पुष्टि भएको थियो। थाइल्यान्डमा हालसम्म कोरोना भाइरसबाट तीन हजार १५१ जना संक्रमित भएका छन्। तीमध्ये तीन हजार २२ जना निको भएर घर फिरेका छन् भने ५८ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
