दिभित्रोभ कोरोना भाइरस संक्रमित
<p>काठमाडौं। नोभाक जोकोभिचकाे ‘एड्रिया टुर’अन्तर्गत दुई इभेन्ट खेलेका विश्‍व वरियताको १९औं स्थानमा रहेका गिगोर दिभित्रोभ कोरोना भाइरस संक्रमित भएका छन्। </p>
<p>शनिबार बोर्ना कोरिकविरुद्ध पराजित भएपछि बिरामी भएका बुल्गेरियाका २९ वर्षे दिभित्रोभले शनिबार जाडर, क्रोएसियामा हुने खेलबाट नाम फिर्ता लिएका थिए। </p>
<p>‘‘मैले गरेको कुनै पनि क्षतिका लागि म दु:खी छु,’’ दिमित्रोभले भने। </p>
<p>शनिबार हुने भनिएको विश्‍व नम्बर एक जोकोभिचविरुद्धको फाइनल स्थगित भएको छ। गत साता बेलग्रेडमा सम्पन्‍न पहिलो खेल खेलेका दिमित्रोभले इन्स्टाग्राममा लेखेका छन्, ‘‘मेरो कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएको छ। यसबीचमा मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न अनुरोध गर्छु। म घर फर्किएर आराम गरिरहेको छु।’’ जोकोभिचले आयोजना गरेको एड्रिया टुरमा उनीसँगै एलेक्जेन्डर जेभरेभ र डोमिनिक थिएमसहित १० खेलाडी सहभागी थिए।</p>
प्रतिक्रिया दिनुहोस्
