पूर्वप्रधानाध्यापकविरुद्ध भ्रष्‍टाचार मुद्दा <p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको नेपाल राष्&zwj;ट्रिय आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध भौतिक पूर्वाधार निर्माणको पैसा हिनामिना गरेको अभियोगमा ६ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा चलाएको छ।</p> <p>जिल्ला शिक्षा कार्यालय पर्साबाट विद्यालयको भवन र शौचालय निर्माणका लागि प्राप्त रकम हिनामिना गरेको आरोपमा अख्तियारले गुप्ताविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।</p> <p>अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला शिक्षा कार्यालयबाट आएको रकममध्ये गुप्ताले आफ्नो नाममा ५ लाख तथा विश्वनाथ शाह कानुको नाममा १ लाख गरी जम्मा ६ लाख भुक्तानी गरी विद्यालय निर्माणको कुनै काम नगरी फरार थिए। सोही सम्बन्धमा प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा गुप्ताले भ्रष्&zwj;टाचारजन्य कसुर गरेको पुष्&zwj;टि भएको अख्तियारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्