बलिउड अभिनेत्री सोनाम कपुर किन बनिन् ट्रोल ?
<p>मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर ‘फादर्स डे’मा गरेको एक ट्विटका कारण चर्चामा आएकी छन्। उनको ट्विटलाई लिएर धेरैले आलोचनासमेत गरेका छन् । ट्विटलाई लिएर ट्रोलसमेत बनाइएको छ।</p>
<p>उनलाई किन ट्रोल गरियो त ? यसलाई बुझ्न पहिला उनले ‘फादर्स डे’मा के लेखिन् भन्‍ने जान्‍न् आवश्यक छ । उनले लेखेकी थिइन्- ‘आज फादर डेमा यो भन्‍न चाहन्छु- म बुबाको छोरी हुँ र म आज उनकै कारण यो स्थानमा छु। मलाई बुबाका कारण विशेषाधिकार मिलेको छ। यो कुनै अपमान होइन। मलाई यो दिन मेरो बुबाले धेरै मिहिनेत गर्नुभएको छ। मलाई मेरो बुबाको छोरी हुनुमा गर्व छ।’</p>
<p>हालै बलिउड कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नातावादलाई लिएर चर्चा चुलिएको छ। यहीबीचमा सेनामको यस्तो ट्विट आएपछि उनको आलोचना भएको हो।</p>
<p>बलिउड निर्माता तथा निर्देशकहरूले प्रायः स्टार कलाकारका छोराछोरीलाई मात्र अवसर दिने हुँदा सुशान्तजस्ता कलाकार आत्महत्या गर्न विवश भएको बताउँदै अहिले स्टार कलाकार र उनीहरूका छोराछोरीको आलोचना भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
