उपाधिनजिक रहेको लिभरपुल बराबरीमा रोकियो <p>काठमाडौं। तीन दशकपछि इङ्लिस प्रिमियर लिगको उपाधिनजिक रहेको लिभरपुल गएराति &lsquo;मर्सीसाइड डर्बी&rsquo; खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।&nbsp;</p> <p>लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आश्&zwj;चर्यजनक रूपमा मोहम्मद सालाहको स्थानमा ताकुमी मिनामिनोलाई पहिलो रोजाइमा स्थानमा दिएका थिए। गत जनवरीमा रेडबुल साल्जबर्गबाट लिभरपुल अनुबन्ध भएका मिनामानो यसअघि तीन खेलमा वैकल्पिक खेलाडीका रूपमा मात्र खेलेका थिए।&nbsp;</p> <p>बराबरीमा रोकिएसँगै बुधबार राति घरेलु मैदानमा उपाधि पक्का गर्ने लिभरपुलको लक्ष्यमा धक्का लागेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले माथि रहेको लिभरपुललाई प्रिमियर लिगको उपाधि पक्का गर्न अब पाँच अंक भए पर्याप्त हुन्छ। १९८९-९० पछि लिभरपुलले पहिलो पटक प्रिमियर लिगको उपाधि उचाल्न लागेको हो।&nbsp;</p> <p>तर, गुडिसन पार्कमा एभर्टनसँग बराबरीमा रोकिएपछि लिभरपुलले उपाधिका लागि थप समय कुर्नुपर्ने भएको छ। तर, दोस्रो स्थानको म्यानचेस्टर सिटी बर्नलीसँग पराजित भए लिभरपुलको उपाधि पक्का हुनेछ। एभर्टन भने ३८ अंकका साथ १२औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्