९९७ सवारी साधन नियन्त्रणमा
<p>काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने नौ सय ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। ती साधनलाई ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।</p>
<p>‘तीमध्ये सात सय ३८ वटा २ पांग्रे र एक सय पाँचवटा चार पांग्रे सवारी साधन छन् । एक सय ५४ वटा ट्याक्सीलाई पनि नियन्त्रणमा लिइएको छ,’ महानगरीय ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
<p>जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन महानगरीय ट्राफिक प्रहरीले चालकलाई आग्रहसमेत गरेको छ । यसैबीच, हिजो साँझदेखि बन्द भएको पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका ३ कुलुङ पुलबाट सवारी आवागमन सञ्चालनमा आएको छ । पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
