लकडाउन उल्लंघन आरोपमा भारतमा १२ जना नेपालीविरुद्ध मुद्दा  <p>काठमाडौं। लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको छ।</p> <p>तब्लिगी जमातका १२ नेपाली सदस्यलाई आईपीसी र महामारी रोग ऐनअन्तर्गत मुद्दा दायर गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ।</p> <p>लकडाउनका बेला भेला हुन नपाउने नियमविपरीत उनीहरू भारतमा आयोजित एक भेलामा सहभागी भएको अभियोग लगाइएको छ। मुद्दा दायर गरिएका नेपालीको परिचय भने समाचारमा खुलाइएको छैन।&nbsp;</p> <p>यसैबीच, भारतीय प्रहरीले दिल्ली, मणिपुर, हरियाणा र उत्तर प्रदेशका २२ अन्य तब्लिगी जमात सदस्यहरूविरुद्ध पनि छुट्टै मुद्दा दायर गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्