रेडियो, टेलिभिजन, युट्युब, सामाजिक सञ्जाल तथा टिकटकमा यो गीतले निर्माण पक्षले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पायो। लकडाउनका कारण घरमै बसेका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उनको ध्येय थियो। गीत तयार भएपछि धेरै भीडभाड नहुने गरी सामाजिक दूरी कायम गर्दै शंखमुलमा रहेको एक विद्यालयमा म्युजिक भिडियो छायांकन गरिएको थियो।
“मानिस लामो लकडाउनले गर्दा डिप्रेसनको शिकार भइरहेका छन्। यस्तो बेला दिक्क मानेर घरमा बसिरहेका दर्शक स्रोतालाई मनोरञ्जन प्रदान गर्नु नै सबैभन्दा ठूलो कुरा हो,” गायक खाती भन्छन्, “त्यस्तो अवस्था नआओस् भन्नका लागि नै गीत ल्यायौं। दर्शकबाट सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौं।”
“मानिस लामो लकडाउनले गर्दा डिप्रेसनको शिकार भइरहेका छन्। यस्तो बेला दिक्क मानेर घरमा बसिरहेका दर्शक स्रोतालाई मनोरञ्जन प्रदान गर्नु नै सबैभन्दा ठूलो कुरा हो ।”
यो समयमा आर्थिकभन्दा पनि कसरी मानिसलाई तनाबबाट मुक्त गराउने भन्ने उद्देश्यले गीत ल्याएको उनी बताउँछन्। उनको भनाइमा कमाउनका लागि गीत ल्याइएको भने होइन।
यसअघि पनि उनकै शब्द, संगीत रहेको गीत ‘मेरी छोरी’ ले यसैगरी चर्चा बटुलेको थियो। उनी थप्छन्, ‘लकडाउनले छोराछोरी र आमाबुवाबीचको दूरी घटाएको छ। यस्तो बेला छोराछोरी र आमाबुवा सँगै खेल्न सकून् भनेर यो गीत ल्याइएको हो।’ २१ फागुनमा युट्युबमा अपलोड गरिएको यो भिडिओले अहिलेसम्म १ करोड ५१ लाखभन्दा बढी भ्यूज पाएको छ।
लकडाउनकै बीचमा उनले ‘कोरोना भाइरस’, ‘माया मारेर’, ‘चोखो माया लाम्ला’ गरी तीनवटा गीत ल्याइसकेका छन्। यो समयमा पैसाभन्दा पनि गीत-संगीतलाई निरन्तरता दिन सकेकोमा उनी बढी खुशी छन्।
कोरोना कहरकैबीच सार्वजनिक भएको ‘यो दाजुको मिरमिरे आँखा’ पनि निकै चर्चामा रह्यो। प्रवीण गुरुङ र बिमाकुमारी दुराको स्वरमा रहेको पुरानो यो गीतलाई चेतन गोतामे र निरुश्री मगरले पुनः गाएका थिए। लकडाउनका कारण बाहिर छायांकन गर्न नसकिए पनि स्टुडियोमै यसको छायांकन गरिएको थियो। १६ जेठमा सार्वजनिक भएको यो गीतलाई युट्युबमा ३१ लाख २९ हजारभन्दा बढी पटक हेरिएको छ। यो गीतले टिकटकमा पनि राम्रो स्थान पाएको छ।
लकडाउनकै बीच गीत किन ?
चलचित्र क्षेत्र तीन महीनादेखि ठप्प छ। तर, गीत-संगीत क्षेत्रमा भने फाट्टफुट्ट काम भइरहेको छ। “परस्थितिअनुसार चल्नुपर्ने हुन्छ। लकडाउनकै बेला धेरै गतिविधि भए। ती गतिविधिबारे पछि गीत तयार पार्न सुहाँउँदैन्,” गीतकार कृष्णहरि बराल भन्छन्।

नेपालको पूर्ण नक्सा सार्वजनिक भएको विषयमा अहिले नै गीत बनाउनुपर्ने भएकाले धेरै सर्जकले लकडाउनकै अवधिमा पनि भौतिक दूरी कायम गर्दै गीत तयार पारे। “कोरोना कहर, लकडाउन र सीमाबारेका गीत अर्को वर्ष बनाउँला वा कोरोना महामारी सकिएपछि बनाउँला भनेर त सम्भव भएन। त्यसबारे त अहिले नै दिनुपर्छ,” गीतकार बराल भन्छन्, “सधैं आर्थिकसँग मात्र हेरेर हुँदैन। राज्य, समाजप्रति आफ्नो पनि केही न केही दायित्व हुन्छ भनेर समयसँगै चलिरहेका छौं।”
व्यापार ठप्प, गतिविधि भने जारी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी लकडाउनका बेला रेकर्डिङ तथा डिजिटल व्यवसाय चलिरहेको बताउँछन्। “कलाकारको खास आम्दानी हुने क्षेत्र भनेको स्टेज कार्यक्रम हो। त्यो पुरै ठप्प छ। अहिले अलि अलि रेर्कडिङ तथा डिजिटल प्लेटर्फममा काम भइरहेको छ,” अध्यक्ष बिजीले भने।
“लकडाउन खुले पनि झण्डै दुई वर्ष यो व्यवसायमा काम गरेर खान सकिँदैन। त्यसका लागि राज्यले कलाकर्मीलाई वैकल्पिक व्यवसाय गराउन सहुलियत ऋण दिने, सहयोग गर्ने काम गर्नुपर्छ ।”
गायक हेमन्त शर्मा भने लकडाउनका कारण कलाकर्मीले पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउँछन्। “लकडाउन खुले पनि झण्डै दुई वर्ष यो व्यवसायमा काम गरेर खान सकिँदैन। त्यसका लागि राज्यले कलाकर्मीलाई वैकल्पिक व्यवसाय गराउन सहुलियत ऋण दिने, सहयोग गर्ने काम गर्नुपर्छ,” गायक शर्माले भने।
लकडाउनको बेला दोकदोहोरी, आधुनिक, पपलगायत झण्डै पाँच दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन्। सबै गीत भौतिक दूरी कायम गराउँदै छायांकन गर्ने, घरमै रहेको स्टुडियोमा रेकर्डिङ गराउनेलगायत काम गरेर सार्वजनिक गरिएका हुन्। यसरी काम गर्दा गीतमा खासै गुणस्तर नआउने भए पनि लकडाउनका बेला दर्शकलाई मनोरञ्जन दिन तथा सुख दुःखमा संगीतकर्मी स्रोता तथा दर्शककै साथमा छन् भन्ने सन्देश दिन खोजिएको संगीतकर्मीहरूको भनाइ छ।
" />रेडियो, टेलिभिजन, युट्युब, सामाजिक सञ्जाल तथा टिकटकमा यो गीतले निर्माण पक्षले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पायो। लकडाउनका कारण घरमै बसेका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उनको ध्येय थियो। गीत तयार भएपछि धेरै भीडभाड नहुने गरी सामाजिक दूरी कायम गर्दै शंखमुलमा रहेको एक विद्यालयमा म्युजिक भिडियो छायांकन गरिएको थियो।

">