लन्डनमा शुरु भयो व्यावसायिक उडान <p>लन्डन। बेलायतको राजधानी शहर लन्डन हिजोदेखि व्यावसायिक उडान सञ्&zwj;चालनमा ल्याइएको छ।</p> <p>कोभिड-१९ को प्रसार रोक्न लागू गरिएको लकडाउनका कारण तीन महीनायता व्यावसायिक उडान बन्द थियो। २५ मार्चदेखि बेलायतमा व्यावसायिक र निजी उडान बन्द गरिएको थियो।</p> <p>सरकारी निकायहरू र सेनाले मात्र विमानस्थलहरूको प्रयोग गर्दै आएका थिए। बीबीसीका अनुसार तत्कालका लागि बेलायत र आयरल्यान्डबीच मात्र उडान सीमित हुने छन्।</p>
प्रतिक्रिया दिनुहोस्