हिजो थपिए १ लाख २९ हजार बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्‍वमा १ लाख २९ हजार ३ सय ९५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोही अवधिमा विश्‍वमा कोरोना कारण ३ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ।

शुक्रबार र शनिबारको तुलनामा आइतबार नयाँ संक्रमितको संख्या उल्लेख्य रूपमा घटेको छ। शुक्रबार १ लाख ८० हजार ८ सय ७४ र शनिबार १ लाख ५६ हजार ९ सय २२ जना संक्रमित थपिएका थिए।

वल्डोमिटर्सको तथ्यांकअनुसार हिजो विश्‍वमा सबैभन्दा बढी नयाँ संक्रमित अमेरिकामा थपिएका थिए भने कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको थियो।

अमेरिकामा हिजो २५ हजार २ सय २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए। सोही अवधिमा २ सय ६६ जनाले अमेरिकामा कोरोनाका कारण मृत्यु भएको थियो।

ब्राजिलमा हिजो १६ हजार ८ सय ५१ जनामा कोराना संक्रमण रहेको पुष्टि भएको थियो। सोही दिन ब्राजिलमा ६ सय १ जनाको मृत्युको कारण कोरोना बनेको थियो।

भारतमा हिजो १५ हजार १ सय ८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए भने ४ सय २६ जनाको मृत्यु भएको थियो। चिलीमा हिजो ५ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका थिए। सोही अवधिमा चिलीमा कोरोनाका कारण १ सय ८४ जनाको मृत्यु भएको थियो।

यस्तै, हिजो पेरुमा ३ हजार ५ सय ९८, बेलायतमा १ हजार २ सय २१, इरानमा २ हजार ३ सय ६८, टर्कीमा १ हजार १ सय ९२, पाकिस्तानमा ४ हजार ९ सय ५१, मेक्सिकोमा ४ हजार ७ सय १७, साउदी अरेबियामा ३ हजार ३ सय ७९, बंगलादेशमा ३ हजार ५ सय ३१, दक्षिण अफ्रिकामा ४ हजार ६ सय २१, कोलम्बियामा ३ हजार १९, इजिप्टमा १ हजार ४ सय ७५, अर्जेन्टिनामा १ हजार ५ सय ८१ र इराकमा १ हजार ६ सय ४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्